राजकीय सम्मानका साथ करुणानिधिको अन्त्येष्टि, अन्तिम यात्रामा मानवसागर उर्लियो
![](https://radioarun.com.np/uploads/news/images/11986149492478699564.jpeg)
तमिलनाडुका पूर्व मुख्यमन्त्री तथा डीएमके प्रमुख एम करुणानिधिको राजकीय सम्मानका साथ बुधबार साँझ चेन्नईको मरिना तटमा अन्त्येष्टि गरिएको छ ।
मंगलबार बेलुका चेन्नई अस्पतालमा करुणानिधिको निधन भएको थियो ।
करुणानिधिको पार्थिव शरीर उनका मार्गदर्शक तथा डीएमकेका संस्थापक सीएन अन्नादुरैको समाधि नजिकै राजकीय सम्मानका साथ समाधिस्थ गरिएको हो ।
हजारौँको संख्यामा उपस्थित भएका उनका शुभचिन्तकहरुले ‘करुणानिधि अमर रहून्’ भन्दै नारा लगाएका थिए ।
करुणानिधिको पार्थिव शरीरलाई भारतको राष्ट्रिय झण्डाले लपेटिएको थियो । साथै उनलाई कालो चश्मा, पहेँलो सल तथा सेतो कमीज र धोती लगाइदिइएको थियो ।
चेन्नई पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस अध्यक्ष राहुल गान्धीलगायतका राजनीतिज्ञहरुले दिवंगत नेता करुणानिधिलाई अन्तिम श्रदाञ्जली अर्पण गरेका थिए ।
![](https://radioarun.com.np/uploads/news/images/large/916748914imran_khan_india_pakistan_1TBElCoqpq.jpeg)
पाकिस्तानका इमरान खानलाई लेखेको चिठी भारतका इमरानलाई आएपछि...
पाकिस्तानले केही दिनमा नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई पाउँदैछ । पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान इमरान खान प्रधानमन्त्री बन्ने
प्रतिकृया दिनुहोस