• मंगलबार १०-२९-२०८१/Tuesday 02-11-2025

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित

अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८ प्रदर्शनमा आएको थियो । फिल्मले अहिलेसम्म ६० करोड भन्दा धेरैको ब्यापार गरिसकेको छ । प्रेम कहानीमा आधारित यस फिल्ममा जान्हवी कपूरले पार्थवीको भूमिका निर्वाह गरेकी छिन् । 

भारतको राजस्थानको पृष्ठभूमिमा बनेको यो फिल्ममा जान्हवी मारवाडी लवजमा बोलेकी छिन् । यस फिल्ममा जान्हवी कपूरले गरेको अभिनयको सराहना गरिएको छ । यसै फिल्मबाट जान्हवी कपूर अभिनयका कारण पहिलो फिल्मबाटै सम्मानित भएकी छिन । 

मंगलबार राति मुम्बइमा आयोजित आयोजना भएको ‘भोग ब्यूटी अवार्ड्स २०१८’ मा जान्हवी कपूरलाई ‘भोग फ्रेश फेश’ अवार्डले सम्मानित भएकी छिन् । उक्त अवार्ड जान्हवी कपूरलाई भारतका चर्चित फेशन डिजाइनर मनिष मल्होत्राले दिएका थिए । यसका साथै कार्यक्रममा जान्हवी कपूरले पहिलो पल्ट रेड कार्पेटमा र्‍याम्पवाक पनि गरेकी थिइन् । 

रेड कार्पेटमा मिडियासँगको कुराकानीमा जान्हवी निकै खुशी तथा आत्मविश्वासका साथ कुरा गरेकी थिइन् । सेतो रंगको गाउनमा सजिएकी जान्हवी कपूर उनको सुन्दरताले मिडिया तथा त्यहाँ उपस्थित सबैको ध्यान आफूतर्फ आकर्षित गरेकी थिइन् ।  


 

प्रतिकृया दिनुहोस

करण जोहरले बनाउने भए अहिलेसम्मकै ‘महंगो फिल्म’

बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले फिल्म ‘तख्त’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा २ वा ३ जना अभिनेता होइन कयौं अभिनेताहरुको अभिनय रहनेछ

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित   साउन  २०७५  

श्रीदेवीकी छोरी जान्हवी पहिलो फिल्मबाटै सम्मानित   साउन  २०७५   अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको डेब्यू फिल्म ‘धडक’ जुलाई २०, २०१८

स्वामीलाई मादल बजाउन आग्रह गर्दै बिना   साउन १७, २०७५

स्वामीलाई मादल बजाउन आग्रह गर्दै बिना   साउन १७, २०७५  गायिका बिना भट्टराईले ‘स्वामी ज्यू’ लाई मादल बजाउन आग्रह गर्दै तीज गीत सार्वजनिक