सिक्दै गरेको ट्याक्सी खोलामा खस्दा आमाछोरा बेपत्ता
म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ट्याक्सी खोलामा खस्दा दुईजना बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ध १ ज २५१ नम्बरको ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दीखोलामा खस्दा आमा छोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
ट्याक्सी खोलामा खस्दा पर्वत जलजला–२, बौरकी शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर खाती बेपत्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो । ट्याक्सी चलाउन सिकाउने न्यू बेनी इन्स्टिच्युटका प्रशिक्षकले आफू पिसाब गर्न गएको समयमा दुर्घटना भएको बताएको प्रनाउ बुढामगरको भनाइ छ ।
बेपत्ता आमाछोरा र ट्याक्सीको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ । बहुउद्देश्यीय खेलमैदानको नाम दिएको मैदानको छेउमा हाटबजार सञ्चालनका लागि कृषि उपज सङ्कलन केन्द्रको भवन समेत रहेको छ । मैदानको डिलमा घेराबार तथा तारजाली लगाइएको छैन भने नजिकैबाट म्याग्दीखोला बग्छ ।
![](https://radioarun.com.np/uploads/news/images/large/272474672gold_sun__de2jti6hr8.jpeg)
२ किलो ७२० ग्राम सुनसहित फिलिपिन्सका नागरिक पक्राउ
प्रहरीले झण्डै तीन किलो अर्ध ठोस सुनसहित फिलिपिन्सका नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा ३० वर्षीया अर्विकोन अरोन्स मनालङ
![](https://radioarun.com.np/uploads/news/images/large/155877273malaysia_GZtnRbcK0L.jpeg)
मलेसियाको रोजगारीमा देखिएका समस्याको दिर्घकालिन समाधान खोज्दै सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिक पठाउने क्रममा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न विकल्पमाथि
प्रतिकृया दिनुहोस